नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले निर्माण व्यवसायीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
इन्धन, डिजेल, बिटुमिन तथा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको भन्दै दुवै संस्थाले संयुक्त रूपमा चिन्ता व्यक्त गरेका हुन्।
मध्यपूर्व युद्धपछि डिजेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँबाट बढेर २ सय २५ रुपैयाँ पुगेको, बिटुमिनको मूल्य समेत दोब्बरभन्दा बढी भएको विज्ञप्तिमा उल्लेख छ। मूल्यवृद्धिका कारण निर्माण कम्पनीहरू आर्थिक रूपमा धरासायी बन्न थालेको र १० अर्बभन्दा बढी नोक्सानी भएको दाबी गरिएको छ।
महासंघले सरकारले तत्काल “मूल्य समायोजन” को व्यवस्था लागू नगरे विकास निर्माणका काम ठप्प हुने चेतावनी दिएको छ। निर्माण उद्योग संकटमा पर्दा रोजगारी, बैंकिङ, व्यापार र समग्र अर्थतन्त्रमा असर पर्ने भन्दै निजी क्षेत्रले सरकारलाई शीघ्र निर्णय लिन दबाब दिएको छ।
नेपाल उद्योग परिसंघले पनि निर्माण व्यवसायीमाथि आर्थिक तथा मानसिक दबाब बढेको भन्दै समयमै समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।
डिजेल र बिटुमिनको मूल्यमा भारी वृद्धि
निर्माण व्यवसायीलाई १० अर्बभन्दा बढी घाटा
विकास निर्माणका काम रोकिने खतरा
मूल्य समायोजन लागू गर्न माग
अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी
