नेपाल प्रिमियर लिग (एनपीएल) को प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेउद्घाटन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोह प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको उपस्थितिमा हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री शाहको सहभागिता सुनिश्चित भएको हो। प्रतियोगिता आज (कात्तिक ९) देखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।
उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्। प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। एनपीएलको यस संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। Balen #NPL
