पूर्वाधार विकास समितिका सभापति ले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका छन्।
समितिले इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण धेरै आयोजना प्रभावित भएको निष्कर्ष निकाल्दै तत्काल समाधान खोज्न आग्रह गरेको हो।
सभापति आशिष गजुरेलका अनुसार मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू काम गर्न नसक्ने अवस्थामा पुगेका छन्, जसले राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पार्न सक्ने खतरा बढेको छ। साथै, सार्वजनिक खरिद कानुन विकासमैत्री नभएको भन्दै चालु अधिवेशनमै संशोधन गर्न पनि सरकारलाई निर्देशन दिइएको छ।
पूर्वाधारमन्त्री ले हालको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो संकट भएको बताएका छन्।
