सिएम खनााल:शिर्षक: गुल्मी जिल्ला अस्पतालमा गुणात्मक सुधार, दैनिक ३ जना महिलालाई सुत्केरी सेवा
आर्थिक वर्ष २०८१/०८२ मा गुल्मी अस्पतालबाट ७१४ जना महिलाले सुत्केरी सेवा लिएका छन्।
गुल्मी जिल्ला अस्पतालमा सुत्केरी सेवा लिने सेवाग्राहीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।अघिल्लो आ.व. २०८०/०८१ मा ४०७ महिलाले सुत्केरी सेवा लिएका थिए भने यो संख्यामा करिब ७५ प्रतिशतले वृद्धि भएको हो । रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले गुल्मी अस्पतालप्रति नागरिकको विश्वास , स्वास्थ्यकर्मीको समर्पण र अस्पतालको सेवामा आएको गुणात्मक सुधारको कारण अस्पतालमा सेवाग्राहीको संख्या वृद्धि भएको बताउनुभएको छ ।
मेयरले यसरी सेवामा विश्वास गर्दै गुल्मी अस्पताल रोज्नुहुने सम्पूर्णमा रेसुङ्गा नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्नुभएको छ ।
