गुल्मी सदरमुकाम तमघासमा २ सय वर्ष पुरानाे ईतिहास झल्किने फल्चा निर्माण भएकाे छ |
याे काठमाडौं बालेन फल्चा हाेईन नझुक्किनुहाेला !रेसुङ्गा नगरपालिकाकाे अार्थिक सहयाेगमा मेयर खिलध्वज पन्थीकाे सक्रियतामा गुल्मीकाे रेसुङ्गा नगरपालिका जिल्ला सदरमुकाम तमघासमा निर्माण सम्पन्न रेसुङ्गा नगरपालिकाकाे अार्थिक सहयाेग तथा जिल्ला कारागारका कैदीद्वारा निर्माण गरिएकाे फल्चा हाे ! जुन स्थानमा सयाै वर्ष पुरानाे पाैवा थियाे | अहिले पाैवा भग्नावशेषमा परिणत भएपश्चात वर्षाै देखि खालि स्थानमा बनेकाे याे फल्चाले तमघासकाे ईतिहासलाई पुनर्ताजगी गरेकाे छ |
के हाे फल्चा ?
‘मण्ड फलिचा’। नेवार समुदायको वास्तुमा आधारित यस्ता पाटीलाई नेपाल भाषामा ‘फलिचा’ वा ‘फलेचा’ भनिन्छ। जुन अपभ्रंश हुँदै ‘फल्चा’ भएको हो। नेपाल भाषामा ‘फल’ को अर्थ ‘पेटी’ हुन्छ। काठबाट बनेको बस्नयोग्य पेटीलाई ‘फल्चा’ भनिएको हो। मण्ड फल्चाको इतिहास दुई सय वर्ष पुरानो रहेको इतिहासकारहरू बताउँछन्।
थोरै स्थान ओगट्ने यस्ता फल्चाले थकित मानिसलाई विश्रामको सुविधा दिन्छन्। शहरकाे साैन्दर्यतालाई झल्काउँछन |
मेयर पन्थीकाे कार्यकालमा गुल्मीमा सामाजिक,स्वास्थ्य,शिक्षा,राेजगारमुलक क्षेत्र तथा पुरातात्त्विक सम्पदा निर्माण,सांस्कृतिक लगाउतका बहुअायामिक काम भैरहेका छन् |
