ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका हवल्दार कुटिएका छन् ।

जवानलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौं उपत्यकाका ट्राफिक कार्यालय स्रोतका अनुसार उक्त घटना नागढुंगाको आज बिहान साढे ८ बजेतिर भएको हो ।
‘नाकामा चेकजाँचको क्रममा भारतीय ट्रकमा ल्याइएको केही कार्टुन बिस्कुट हवल्दारले राखेछन् र इन्स्पेक्टरले समात्न खोज्दा तर्किन खोजेपछि इन्स्पेक्टरले १/२ झापट हानेको एक अधिकारीको दाबी छ ।
भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपपमा छानबिन अघि बढाएको छ । अहिले ती इन्स्पेक्टर र घटना विवरणबारे काठमाडौं जिल्ला परिसरले छानबिन थालेर कारवाही प्रक्रिया अघि बढाएको बताइएको छ ।
