नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् ।
१३ अाैं अधिवेशनकाे अन्तिम मतपरिणाम निर्वाचन समितिले घोषणा गरेको हाे | परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा आङदोर्जी लामा ४१३ मा रोकिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन् ।
महासचिवमा भने पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिए ।
यसअघिकाे दुई कार्यकाल रवि सिंह नेतृत्वमा महासंघले सम्पन्न गरेकाे हाे |
यस्तो छ नवनिर्वाचित टीमको अन्तिम नतिजा


