प्रहरी नायब उपरीक्षक सारुका अनुसार चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा खसेको थियो । उनी मोटसाइकलमा एक्लै सवार गरेका थिए । अनियन्त्रित भएर मोटसाइकल नालीमा खसेपछि चालक चौधरीलाई साधनले च्यापेको थियो ।
सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको मोटरसाइकल राति करिब १०:३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक चौधरी हाल गुल्मीमा इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब-इञ्जिनियरको रूपमा कार्यरत थिए ।
मृतकका परिवारलाई जानकारी गराइएको र शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
