महासंघ अध्यक्ष पाण्डे नयाँ दिल्लीमा व्यवसायिक भेटघाटमा सहभागी
मंसिर ०६, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा सहभागी हुँदै नयाँ दिल्ली पुग्नुभएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे व्यवसायिक भेटघाटमा सहभागी हुनुभएको छ।
भारतीय व्यवसायीहरूसँगको भेटमा अध्यक्ष पाण्डेले नेपालमा पूर्वाधारमैत्री ऐन तथा कानून निर्माण भएको जानकारी गराउँदै नेपालको पूर्वाधार क्षेत्रमा लगानीका लागि भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। उहाँले नेपालमा पूर्वाधार विकास तथा निर्माण क्षेत्रमा लगानी र सहकार्यका सम्भावनाबारे समेत छलफल गर्नुभएको छ।
यसअघि आज बिहान अध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ लगायत महासंघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सचिवालयका कर्मचारीहरूले बिदाइ गर्नुभएको थियो।
