प्रधानमन्त्री बालेनको भ्रमण टोलीमा सहभागी हुँदै महासंघ अध्यक्ष पाण्डे भारत प्रस्थान
मंसिर ०६, काठमाडौं । सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको भारत भ्रमण टोलीमा सहभागी हुँदै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री निकोलस पाण्डेज्यू आइतबार भारत प्रस्थान गर्नुभएको छ ।
अध्यक्ष पाण्डेज्यूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ज्यू सहितका पदाधिकारी, कार्यसमिति सदस्य तथा महासंघ सचिवालयका कर्मचारीहरूले बिदाइ गर्नुभएको थियो ।

भारत भ्रमणका क्रममा अध्यक्ष पाण्डेज्यूले भारतीय अधिकारीहरूसँगको भेटमा नेपालमा पूर्वाधारमैत्री ऐन तथा कानुन निर्माण भएको जानकारी गराउँदै पूर्वाधार क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता तथा व्यवसायीहरूलाई अनुरोध गर्नुहुनेछ ।
यसैगरी, अध्यक्ष पाण्डेज्यूले आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुन लागेको नेपाल पूर्वाधार सम्मेलनको महत्वबारे पनि भारतीय अधिकारीहरूलाई जानकारी गराउनुहुनेछ । पूर्वाधार विकास मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मेलनले नेपालमा पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा निर्माण क्षेत्रको सुधारका विषयलाई प्राथमिकतामा राख्नेछ ।
प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल–भारतबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ । भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी हुनुभएका महासंघ अध्यक्ष पाण्डेज्यूको पहलले नेपालमा पूर्वाधार क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न तथा दुई देशका निर्माण व्यवसायीबीच सहकार्यका नयाँ अवसर पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
